Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । तोला तोलामा हुने सुनको कारोबार किलो पुग्न समय लाग्छ । तर आगामी शनिबार धन्तेरसका अवसरमा गरगहनाको माग बढ्दा एकै दिन ५० किलो सुन बिक्ने अनुमान गरिएको छ । अबको दुुई दिनपछि यमपञ्चक आरम्भ हुँदैछ। योसँगै नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको रौनक पनि सुरु हुनेछ। धन्तेरस आउँदो शनिबार परेको छ। यो दिन मानिसहरुले सुन–चाँदीसँगै विभिन्न वस्तु खरिद गर्ने गर्छन्। यो दिन नयाँ व्यापार–व्यवसाय सुरु गर्नका लागि शुभ मानिन्छ। धन्तेरसका दिन सुन–चाँदीसँगै नयाँ भाँडा तथा सरसामान जोडेमा घरमा समद्धि हुने धार्मिक मान्यता छ।
तिहारनजिक आएसँगै धन्तेरसका दिन यस्ता सामग्री खरिद गर्ने योजनामा धेरै छन्। अन्य बेलाभन्दा तिहारमा सबैभन्दा बढी खपत सुन–चाँदी खपत हुन्छ।
सरकारले आयातको कोटा घटाएसँगै पछिल्लो समय सुन–चाँदीको आयातमा कमी आएको छ। सरकारले आयात कोटालाई २० किलोबाट घटाएर दैनिक १० किलोमा सीमित गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य हाल १ दिनमै ३५ किलोसम्मको सुनको माग रहेको बताउँछन्। यस्तै चाँदी पनि दैनिक ४०० देखि ५०० केजीसम्म माग भइरहेको उनको भनाइ छ।
अध्यक्ष शाक्यका अनुसार धन्तेरसका दिन ४६ केजीदेखि ५० केजीसम्म सुन माग हुन सक्छ। सुुनसँगै १ हजार केजी चाँदीको माग हुन सक्छ। ‘अरु दिनभन्दा पनि विशेषगरी धन्तेरसका दिनमा सुन–चाँदीको बढी माग हुन्छ’, उनले भने, ‘मागअनुुसार त्यो दिनसम्म सुुन ५० केजी र १ हजार केजी चाँदी जान सक्छ।’ शाक्यले सुनको आपूर्तिमा भने समस्या भइरहेको बताए। ‘माग बढिरहे पनि सामान कम हुँदा समस्या हुन सक्छ’, उनले भने, ‘सुुनको कोटा कम छ। ३५ केजीदेखि ४० केजी माग हुने ठाउँमा १० केजी ल्याइदिएर सबैलाई फुलफिल गर्न सकिँदैन।’
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल