Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । अर्धसैनिक बल शसस्त्र प्रहरी भित्र डिआइजी प्रविणकुमार श्रेष्ठको म्याद थप नभएपछिको संरचना फेरिदैछ । आइजीपी शैलेन्द्र खनाललाई तीन वर्षमा हटाउने योजनामा लागेको टोली सफल भएन । खनाल अगामी चैत २८ मा विदा लिएपछि उनकै ब्याजका पुष्पराम वा रामशरण पौडेलको २१ दिने आइजीपीको अवधिपछि भने नारायण दत्त पौडेल र राजु आर्याल मध्ये एक जना आईजीपी बन्नेछन् । प्रविण श्रेष्ठलाई डिआइजी पदको एक वर्षे कार्यकाल सरकारले थप नगर्नुको कारण उनको भारतीय दुताबास आउजाउलाई गृहमन्त्रालयले शंकाको रुपमा हेरेको थियो । यो विवाद हुदैनथ्यो भने श्रेष्ठ २ वर्ष आइजीपी बन्न सक्थे ।
श्रेष्ठलाई छेक्न प्रदेश २ का सिपी गौतम एकका वंशी दाहाल निकै लागेका हुन् । उनीहरु संगठनमा आफै विवादीत हुन् । कार्यक्षमतामा विवाद उनीहरुले नारायण दत्त र राजु आर्याल आफूहरु भन्दा वरिष्ठ हुन भन्ने सोचाई राखेनन् । राजनीति दौडधुप गर्ने कामलाई एआइजी पुष्पराम केसीले पनि चर्काए । राजनीति आफू अनुकुल भएको र हिजो प्रम केपिका प्रमुख सल्लाहकार विष्णु रिमाल जिल्ला बासी भएकोले प्रयोग गरेपनि आज काँग्रेसका नेता आजुर्ननरसिहं केसीलाई हात लिने दाउ उनको थियो । तर शैलेन्द्र खनालको चार वर्षे कार्यकाल पूरा गर्ने कानूनी बाटो छेक्न सकेनन्।
खनालका ब्याचका केसी र पौडेलले ०७९ बैशाख १८ मा अवकास पाउने छ । उनीहरु नेपाल प्रहरीमा २०५४ चैतमा निरिक्षक पदमा प्रवेश गरेका हुन् । राजु आर्याल र नारायण दत्तलाई थन्क्याउन बदनाम पात्रहरु सिपी गौतम र वंशी दाहालले घुमाउन सक्ने राजनीति वातावरण छैन । २०८४ चैत १७ सम्म आर्याल र पौडेलको समय छ । उनीहरु भने ढुक्क छन् । एआईजी भईन्छ समय र राजनीति माहोलले १० महिना पछिको आइजीपी तयार हुन्छ भनिरहेका छन् । यो समूहले पनि आईजीपीको कार्यकाल अहिलेकै स्थिति रहेमा चार वर्ष नेतृत्व गर्ने छ । आर्याल र पौडेल सिपी र वंशी दाहाल जस्तो छटपटाएका छैनन् । दहाल र सीपीले आफ्नै कार्य सम्पादन कमजोर छ भन्ने सोचेका छैनन् । कार्य सम्पादनमै विवादीत भएकाले प्रविण श्रेष्ठको डिआइजी पदको कार्यकाल थप नभएको हो ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल