Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चितवनमा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् ।
प्रहरी अधिकृतका अनुसार, २२ साउनमा मृत भेटिएपछि बरामद भएको भिडियोमा नाम उल्लेख भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी परेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भने, परिवारको जाहेरी प्राप्त भएको छ । हामीले शिलबन्दी गरेर चितवन पठाउने तयारी गरिरहेका छौं ।
गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ । प्रहरीले जाहेरीविनै ३० साउनमा लामिछाने र कँडेललाई पानिपोखरीस्थित टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो भने कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो ।
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल