Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिक्षकलाई राजनीतिबाट छुटाउनु गलत: प्रधानमन्त्री

काठमाडौं । सामुदायिक विद्यालयको शिक्षाको स्तर दिनप्रतिदिन खस्किँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख आरोप लगाउँदै अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरेका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको समेत जानकारी दिए। राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए, उनको भनाई छ, शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहरुलाई लपेट्ने प्रयास हो। ती प्रयास गलत थिए।