Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिक्षा विधेयकसँगै गु्रुहरुले गरे आन्दोलनको घोषणा

काठमाडौं । संसदीय समितिबाट हिजो पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना सबै माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले ११ गतेदेखि विधेयकको विरोधमा देशभर सडक आन्दोलन सुरू गर्ने जनाएको हो । महांसघले ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, सबै राजनीतिक पार्टीको दलहरु, विभिन्न समितिका सभापतिहरुलाई भेटेर ध्यानाकर्षण गर्ने जनाएको छ । सोही दिन २ घटना धर्ना गर्ने, शुक्रबार सबै पालिकामा र १५ गते सबै जिल्लाको सम्वय इकाइमा ध्याकर्षण पत्र बुझाउने र २१ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ । महासङ्घले शिक्षा समितिबाट पारित भएको विधेयक आफूहरूको असन्तुष्टिको बाबजुद पारित गरेको आरोप लगाएको छ । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ। समितिबाट पारित भएको विधेयकमा महासंघले उठाएको आंशिक मागहरूमात्र पूरा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । उनले सरकार इमान्दार नभएको जिकिर गरिन् ।मुख्य विषय हल नभएको बताउँदै उनले आफूहरूले राखेको मुद्दा संशोधन हुनेमा आशावादी रहेको उनले बताइन् । उनले फेरि यो सरकारले आन्दोलन गर्न बाध्य बनाएको उनको आरोप छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल