Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिखर अवार्ड सम्पूर्ण कृषकहरूको सम्मान हो

डा. योगेन्द्रकुमार कार्की, पूर्व सचिव 

नेपाल सरकारका पूर्व सचिव हुन् डा। योगेन्द्रकुमार कार्की । सरकारी सेवासँगै नेपालको कृषि क्षेत्रमा लगानी भिœयाउने योजनाकार पनि हुन् । कृषिप्रधान मुलुकको रूपमा नारामात्र सिमित रहेको नेपाली र नेपाललाई आधुनिक कृषि उत्पादन, बजारीकरण र यान्त्रिकरण तर्फ आकर्षित गर्ने बिशिष्ट खुबि भएका डा। कार्की निवृत्त जिवन पनि कृषि उत्पादन एवं प्रबद्र्धनका निम्ति समर्पित गर्दै आईरहेका छन् । राष्ट्रिय शिखर कृषि अवार्डका अवार्ड परिकल्पनाकार डा। कार्कीसँग उहाँको सकृयता एवं यही जेष्ठ ३२ गते सम्पन्न हुन गैरहेको राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डसँग सम्बन्धित विषयमा ताजाखबर साप्ताहिकले गरेको संक्षित कुराकानीः

० तपाई त राष्ट्रिय शिखर एग्रिकल्चर अवार्डको परिकल्पनाकार पनि हुनुहुँदो रहेछ यो सोच कसरी आयो  ?
– म त राष्ट्र सेवक कर्मचारी, सौभाग्यले कृषि मन्त्रालयको जिम्मेवारी पनि प्राप्त भयो । यसै सन्दर्भमा शिखर नेपालका अध्यक्ष शेखर खनालजीसँग भेट भयो । उहाँहरूले कृषि तथा पशुपंक्षी क्षेत्रमा सक्रिय उद्यमीहरूसँग जोडिएर कामगर्दै आउनु भएको रहेछ । उहाँहरू अवार्ड कार्यक्रम पनि आयोजना गर्ने तरखरमा हुनुहुँदो रहेछ । म यस विषयमा पहिले देखि नै केही न केही गर्नुपर्छ भन्नेमा चिन्तित थिए । कृषकहरूको कामलाई सम्मान कसरी गर्न सकिन्छ भन्नेमा म एकाग्र थिएँ । पछि उहाँहरूसँग विचार मिल्यो र काम गर्ने उव्देश्यले अवार्डको परिकल्पना गरियो । आज हामी त्यसैको तेश्रो श्रृंखलामा छौं । यही मिति २०८० साल जेठ ३२ गते तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० आयोजना गर्दै छौं ।

० अवार्डको औचित्व के छ ?
– वास्तवमा अवार्ड राज्यले गर्नुपर्ने हो तर पनि प्राइभेट क्षेत्रले भए पनि आयोजना गर्नु सुखद् पक्ष हो । अवार्डको औचित्वको सम्बन्धमा मेरा फरक धारणा छ । हामी व्यवसायिक उत्पादन आधुनिकिकरण यान्त्रिकरण, विविधिकरण भन्छौं तर त्यसको लक्ष्य प्राप्ति तर्फ ध्यान दिदैनौं । निति र कार्यक्रम निर्माण गरेरमात्रै हुँदैन, त्यसको सफल कार्यान्वयन कसरी गर्न सकिन्छ, अनुगमन कसरी गर्ने भन्ने तिर हाम्रो ध्यान पुग्दैन । निरन्तर आफ्नो पेशा, ब्यवसायमा संलग्न कृषक एवं पशुपंक्षी पालकहरूको कामको मुल्यांकन गरि उनिहरूलाई प्रोत्साहन गरिने भएकोले अवार्डको औचित्व पुष्टि हुन्छ । यसले समर्पित उद्यमीलाई उत्साह प्रदान गर्दछ र उहाँहरूले आफ्नो कर्म प्रति गर्व गर्नु हुनेछ ।

० कुन कुन विषयमा अवार्ड हुन्छ ?
– हामीले बिभिन्न बिद्यामा अवार्ड प्रदान गर्दैछौं । यसमा कृषि उत्पादन, पशुपंक्षी पालक, मत्स्य पालक, तरकारी एवं फलफूल उत्पादक लगायतका बिद्यामा अवार्ड प्रदान गर्न गैरहेका छौं । हामीलाई कृषि वस्तुमा आत्मनिर्भर बन्नु छ, समग्र उत्पादनमा आत्मनिर्भर बन्नु छ भने यसमा सरोकार रहने सबै विषय र विद्यामा अवार्ड प्रदान गर्दा सबैमा सम्मानको संचार हुने छ ।

० छनौट कसरी हुन्छ ?
– यसमा विज्ञ निर्णायक मण्डलहरू हुनुहुछ, कृषि विज्ञहरू, प्राबिधिकहरू, बजार ब्यवस्थापकहरू लगायतका पाँच जनाको विशेषज्ञ टोली निर्णायकको रूपमा हुनुहुन्छ । उहाँहरूको निश्पक्ष रूपमा मुल्यांकन गरि निर्णय दिनु हुन्छ । यसमा अवार्ड प्रकृयामा संलग्न कृषि उद्यमी एवं उहाँहरूको ब्यवसायिक कागजपत्र एवं श्रव्यदृश्य सामग्री र आवश्यक परेको खण्डमा फिल्ड निरिक्षण गरेर समेत निर्णय दिनु हुनेछ । उहाँहरूबाट प्राप्त निर्णयलाई हामी निशर्त स्वीकार गरि उहाँहरूलाई अवार्ड प्रदान गरिनेछ ।

० अन्त्यमा के भन्न चाहनु हुन्छ ?
– म त मुलुक कृषि वस्तु एवं मासुजन्य र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने कार्यमा समर्पित छु । सरकारी सेवाबाट निवृत्त भएर पनि यसै क्षेत्रमा संलग्न हुनु भनेको मैले देखेको सपनालाई सार्थकता दिनु नै हो । नत्र अहिले आराम गर्ने बेलामा म किन सक्रिय हुन्थ्ये । म राष्ट्र सेवा र जनसेवामा जिवन बिताउन संकल्पीत मान्छेलाई शिखर नेपाल तथा यसका अध्यक्ष शेखर खनालजीसँग जोडिएर काम गर्दैछु । यसले मनभित्र उत्साह पैदा गरेको छ । शिखर नेपाल परिवार प्रति हार्दिक आभार सहित सबै प्रति सम्मानभाव प्रकट गर्दै आगामी जेठ ३२ गते राष्ट्रपति ज्युको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं ।