Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको लहरोले एमाले र काँग्रेसतिर पहरो थर्कारहेको बेला एमालेले भने क्यान्टोनमेन्ट घोटाला काण्डको छानविनतिर ध्यान मोड्ने प्रयास गरेको छ । एमालेले तत्कालीन माओवादी लडाकुहरूका नाममा राज्यकोषबाट गएको रकम घोटाला भएको भन्ने विषयसमेत सबै भ्रष्टाचारका घटना छानबिन गर्न माग गरेको छ । केन्द्रीय कमिटीको शनिबार सकिएको बैठकले विशेष प्रस्तावहरू पारित गर्दै यस्तो माग गरेको हो । नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको छ । यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ । यो बैठक लडाकु शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ । यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ, एमाले बैठकले पारित गरेको प्रस्तावमा छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल