Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।
तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन् । गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

उता बानेश्वरमा सांसदहरु कोरोना खोप लगाउन भेला भएका थिए । त्यहाँ एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बिच हेराहेर भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेको माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताएका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाउन आज संघीय संसद भवन नयाँ वानेश्वरमा आएका प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अहिले नै धोका दिएको भन्न हतार हुने प्रतिक्रिया दिएका छन् ।
म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न, उहाँहरुमा पनि केही समस्या पक्कै भए होलान् उनले भने, उहाँहरु आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षकै क्रममा रहेकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ । विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए पनि विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलले बहुमतको सरकार बनाउन नसकेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् ।
एमालेको माधव नेपाल पक्षले आफूहरु राजीनामा दिएर बहुमतको सरकार बनाउन सहज बनाइदिने आश्वासन दिएको कांग्रेस र माओवादीका कतिपय नेताले बताएका छन् । तर अन्तिम समयमा राजीनामा नदिएपछि बहुमतको सरकार बन्ने सम्भावना टरेको थियो ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल