Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।
आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए ।
प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अनेरास्वीयू केन्द्रीय सचिवालय सदस्य भाष्कर खनालले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने निर्णय फिर्ता गरेर विद्यार्थीलाई पठन पाठन गर्ने व्यवस्था गर्न माग गरे ।
यस्तै नेविसंघका नेता जसवन्त पौडेल, अनेरास्ववीयूका नेता निर्मल भण्डारी, अखिल क्रान्तिकारीका नेता उमेश सेन्चुरीले शुल्क फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताए । उनले भने, ‘ शुल्क नघटाउँदासम्म हाम्रो आन्दोलन, प्रदर्शन जारी नै रहन्छ। हामी अझ थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्छौ।’
अखिल क्रान्तिकारी केन्द्रीय सदस्य अभिन्यू यादवका अनुसार नोबेलले लिने अतिरिक्त शुल्क फिर्ता नगरेसम्म विद्यार्थी संगठनहरुले आन्दोलनलाई निरन्तरता दिनेछन् । थप आन्दोलनको कार्यक्रमको तयारीका लागि विद्यार्थी संगठनहरुको बैठक बस्ने उनले बताए ।
विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो ।
विद्यार्थीले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल