Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शुल्क सार्वजनिक गर्न मन्त्रालयको फेरि ताकेता

काठमाडौं । तँ रोएजस्तो गर म कुटेजस्तो गर्छु भन्ने सरकारको शैलीमा कुनै परिवर्तन आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई बिरामीबाट लिने सेवा शुल्क सम्बन्धि विवरण सार्वजनिक गर्न ताकेता गरेको छ। मन्त्रालयले यसअघि नै अस्पतालहरुलाई शुल्क सार्वजनिक गर्न निर्देशन दिएको थियो। उक्त निर्देशन अनुसार स्वास्थ्य संस्थाहरुले अझै पनि सेवा शुल्क सम्बन्धि विवरण नराखेको र अपुरो विवरण राखेको भन्दै मन्त्रालयले पुनः तोकता गरेको हो । मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र शीर्षक समेत खुल्ने गरी मूल्य सूची सम्बन्धित अस्पतालको संचालक समिति, बोर्ड वा आधारिक निकायबाट निणर्य गराई आ(आफ्नो वेवसाइटमा मार्फत सार्वजनिक गर्ने, सूचना पाटी र डिस्प्लेमा सबैले देख्ने गरी राख्न समेत निर्देशन दिएको छ। मन्त्रालयले त्यसको जानकारी स्वास्थ्य संस्था संचालन इजाजत पत्र दिने तथा नविकरण गर्ने निकाय समक्ष पठाउन पनि निर्देशन दिएको छ। त्यसो नगरे कानुन बमोजिम कारवाही गर्ने समेत मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले बिरामीले उपचारबापत लाग्ने खर्च रकम बारे जानकारी पाउनु प्रत्येक बिरामीको अधिकार भएको र उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्न स्वास्थ्य संस्थाको कानूनी तथा नैतिक कर्तव्य भएको स्मरण गराएको छ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल