Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर कोइरालाले नबुझेको काँग्रेस

  • अर्जुन ज्ञवाली

नेपाली काँग्रेसको १४औं महाधिवेशन सेटिङ महाधिवेशनको रूपमा सम्पन्न भएको छ । बाह्य रूपमा शेरबहादुर, प्रकाशमान, शेखर, विमलेन्द्रको उम्मेदवारी भए पनि सबै समूहका सेना र युनिफिकेशन चर्चसँग आवद्ध इन्डो पश्चिमा व्यक्तिहरूलाई योजनावद्ध रूपमा नेतृत्वमा विजयी बनाइएको छ । सभापतिमा करिब ८ सय मतान्तरबाट पराजित शेखर कोइरालाको टिमबाट धनराज गुरुङ, गगन थापा र चार सय मत प्राप्त नगरेका प्रकाशमानको टिमबाट विश्वप्रकाश शर्मालाई योजनाबद्ध रूपमा ल्याइएको छ । सूत्रकाअनुसार, विश्वप्रकाशलाई देउवाले मलाई सिटौलाले हैरान गरे, मिलाउन पर्ने भो तिमी प्रकाशमानको टिमबाट उठ, म सहयोग गर्नेछु भनेको कुरा बाहिर आइरहेको छ । यो अस्वाभाविक पनि होइन । सेना र पश्चिमा चर्चहरूले चलाएको प्रायोजित माओवादी हिंसा र पार्टीको विघटनपछि उक्त शक्ति केन्द्रले यो महाधिवेशनबाट काँगे्रेसलाई त्यही एजेन्डाभित्र पूर्ण रूपमा कब्जा गर्न सफल भएको छ । यसलाई केही समय बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा चलेका विदेशी जासुसहरूले कब्जा गरेका सञ्चार मिडियामार्फत् युवाहरूको आगमनको रूपमा प्रचार गरिरहेका छन् । कान्तिपुरले त्यो अभियान शुरु गरिसकेको छ । राजा वीरेन्द्रको हत्या गरेको सैन्य हेर्डक्वार्टर काँगे्रसमा पार्टी सभापतिदेखि उपाध्यक्ष, महामन्त्री र बहुमत केन्द्रीय समिति आफ्ना जासुस एजेन्टहरूमार्फत् पूर्ण रूपमा कब्जा गर्न सफल भएको छ ।

शेखर कोइराला शालिन व्यक्तित्व हुन् । उनी अहिलेसम्म सत्तामा नगएका मात्रै होइनन् । २०६४ जेठ ४ गते नेपालमा धर्म निरपेक्षता घोषणा गर्दा आएको क्रिश्चियनको पैसा नखाने नेता पनि हुन् । तर शेखरले आफ्नो टिममा युनिफिकेशन चर्चका धनराज गुरुङ र चाल्र्स मेन्डिजको सेन्टर चर्चका गगन थापालाई राखेर दिएको सन्देशले उनको द्वेध चरित्र शुरुदेखिनै देखिनै गयो । हुन त कोइरालाहरू जहिले पनि उपयोग र समाप्तिको नीति अ्रंगालेको इतिहास छ । बीपी कोइरालाले आफू बाहेक कसैलाई पनि स्वीकारेनन् । यहाँसम्मकी राणाविरोधी आन्दोलनका नेता टंकप्रसाद आचार्यलाई बाइपास गरेर २००७ सालमा दिल्लीमा त्रिपक्षीय सम्झौता गरेर मोहन समशेरकै मन्त्रीमण्डलमा तेस्रो वरियतामा गृहमन्त्री खान आए । गणेशमान, सूर्यप्रसाद उपाध्यायलाई प्रयोग मात्रै गरे २०१५ सालमा सूर्य प्रसाद उपाध्यायलाई चुनाव हराउन भित्रभित्रै बीपी कोइराला आफैं सक्रिय रहे । २०४८ र ०५० सालको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई हराउन गिरिजाप्रसाद कोइरालाले बीपीले सूर्यप्रसाद हराउन खेलेको खेलकै अनुशरण गरे । शेखरले उपाध्यक्षमा उम्मेदवार बनाएका चन्द्र भण्डारी कृष्णप्रसाद भट्टराईलाई हराउने अभियन्तामध्येका एक हुन् ।

२०६४ सालमा गिरिजाले तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई क्रियाशील गराएर माओवादीको सहयोगमा गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्न खोजेका थिए । यो कुरा अहिले पनि सक्रिय रहनुभएका गोविन्दराज जोशीलाई सोद्धा पनि थाहा हुन्छ । तत्कालिन प्रधानसेनापति रुकमाङगद कटवालले जोशीलाई फोनै गरेर तपाईंहरूको हत्या हुने षड्यन्त्र छ मैले बचाउन सक्ने अवस्था छैन सचेत रहनुहोला भनेर जोशी र खड्कालाई जानकारी दिएपछि खुमबहादुर खड्का त चुनाव नै हापेर काठमाडौं फर्किएका थिए । यतिबेला सिटौला शेरबहादुरतिर देखिए भने गिरिजापुत्री सुजाता प्रकाशमानतर्फ । अर्कोतर्फ २०६४ सालमै शेखर कोइरालाका काका गिरिजाप्रसाद कोइरालाले कोइराला निवास बिराटनगरबाट नरहरि आचार्य, गगन थापा दरबारिया जासुस हुन् भनेर खुला रूपमा बोलेका थिए । तर बाहिर उनीहरूलाई इन्डो पश्चिमा मिशनका मिडियाहरूले गणतन्त्रका आइकन बनाएका थिए । त्यही गगनलाई आफ्नो टिमबाट महामन्त्रीको उम्मेदवार शेखर कोइरालाले कुन शक्ति केन्द्रको निर्देशनमा गरे ? आफैंमा प्रश्नचिन्ह खडा छैन र ? एजेन्डाविहीन काँग्रेस सेना र विदेशी एजेन्सीका जासुसहरूको कब्जापछि विघटन हुँदैछ यो सकारात्मक पाटो नै हो । जसरी माओवादी विदेशी एजेन्डाका कारण विघटन भयो ठिक त्यो एजेन्डा बोक्नेहरू काँग्रेसमा हावी बनाएर काँग्रेस विघटन गराउने शक्ति यो महाधिवेशनमा पूर्ण रूपमा सफल भएको छ ।

स्वाभाविक रूपमा शेखरका गतिविधिहरू गगन र धनराजले वीरेन्द्र मार्ने सैन्य हेर्डक्वार्टरदेखि विदेशी एजेन्सीसम्म पु¥याएका थिए । उनीहरूले नै प्रकाशमानलाई देउवापछिको नेतृत्वमा स्थापित गर्न पछिल्लो चरणमा जोडिदिए । काँग्रेस नै नबुझेका शेखरले काँग्रेसको सभापतिमा पराजित हुनु अस्वाभाविक होइन । आफ्नो टिममा क्रिश्चियन एजेन्टहरू राखेर युवाहरूको टिम बन्ने भ्रम दिएर एजेन्डा विहीन राजनीति गर्न खोज्नु शेखर कोइरालाको बेबकुफी विगतदेखिनै कोइरालाहरूले गर्दै आएको जालझेलअन्तर्गतको दोेहोरो रणनीति थियो । परिणाम शेखर पराजित भए पनि उनको टिमका क्रिश्चियन एजेन्टहरू विजयी गराउन शेखर सफल भएका छन् । यही नै काँगे्रसको समाप्तिको यात्रा पनि हो । काँग्रेस महाधिवेशनभित्र खेलिएको खेल एमालेभित्र भीम रावल, सुभाष नेम्वाङ र विष्णु पौडेलमार्फत् खेल्न खोजेका थिए । तर चतुर ओलीले असफल बनाइदिए । नेकपा एमाले पार्टीको रक्षा गर्न सफल भए । काँग्रेसभित्रको अहिलेको अतिवादी नेतृत्व हेर्दा यसको फाइदा फेरि पनि एमालेले लिने देखिन्छ भने काँग्रेसभित्रको परम्परावादी जनमत राजेन्द्र लिङदेनको उदयसँगै राप्रपातर्फ आकर्षण बढ्ने देखिन्छ । यो अवस्थामा काँग्रेस माइतीघरमा जम्मा हुने युरोपियन र क्रिश्चियन एनजीओको फन्डिङमा चलेका तथाकथित नागरिक समाजको एजेन्डाको वरिपरि घुम्दै अन्ततः दमननाथ ढुंगाना, चैतन्य मिश्र, देवेन्द्रराज जाण्डे, कृष्ण पहाडीहरूको एजेन्डामा ढिलोचाँडो माइतीघरको डबलीमै सीमित हुन समय धेरै
कुर्नु पर्दैन । राजनीतिको नियम हो इतिहास पुरानै रूपमा दोहोरिँदैन नयाँ आवरणमा देखा पर्दछ । भारतमा कुनै समय काँग्रेस आईलाई टक्कर दिने जयप्रकाश नारायणहरूले नेतृत्व गरेको सोसलिष्ट पार्टी विघटन भयो । सन् १९८० को दशकमा दुई सिट ल्याएको भाजपाले २०१४ सम्म आउँदा भारतीय सत्ता नै कब्जा ग¥यो । नेपाली काँग्रेसको यो महाधिवेशनले चयन गरेको नेतृत्व हेर्दा काँग्रेस ठिक भारतको सोसलिष्ट पार्टी जस्तै विघटनको अन्तिम यात्रामा छ भन्द्या अत्युक्ति हुने छैन । एजेन्डाविहीन काँग्रेस केही समय माओवादी र मधेशवादीको वरिपरि चक्कर लगाइरहने छ त्यो यात्रा भनेकै समाप्तिको यात्रा हो । यो अवस्थामा कञ्जरभेटिभ दलको उदय निश्चित छ । त्यसलाई कसैले रोक्न सक्दैन । बेलायत र अमेरिकामा त कञ्जरभेटिभ पार्टी सत्ताको प्रतिस्पर्धामा छन् भारतमा सत्ता नै कब्जा गरेको छ भने नेपालमा त्यसको उदय नहुने कुरै भएन । यसर्थ काँग्रेसलाई समाप्त गर्ने नेतृत्व चयन गरेकोमा काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिकतापूर्वक बधाई र शुभकामना दिनै पर्दछ । समाजवादको व्यानरमा राष्ट्रघात र जनघात गर्दै आइरहेको काँग्रेसलाई काँग्रेस प्रतिनिधिहरूबाटै बिदा गर्ने वातावरण बन्नुलाई सुखद रूपमै लिनु पर्दछ ।

शेरबहादुरले दागबत्ती दिए, गगन र विश्वप्रकाशहरू मलामी जाँदैछन्
करिब चार वर्ष पूर्व पूर्व प्रधानमन्त्री तथा काँग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईका स्वकीय सचिव त्रिविवि सिनासका प्राध्यापक पेशलकुमार निरौलाले अब काँग्रेसलाई देउवाले दागबत्ती दिने र गगन–विश्वप्रकाश मार्काहरू मलामि जाने अभिव्यक्ति अन्तर्वार्तामार्फत् दिनुभएको थियो । उहाँको भविष्यवाणिलाई चार वर्षपछि भएको काँग्रेसको चौधौं महाधिवेशनले प्रमाणित नै गरेको छ । एमाले अध्यक्ष ओलीले प्रचण्ड र राजाबीच पाँचबुदे सहमतिको खुलासा गरेजस्तै गिरिजाले गगन र नरहरिको केन्द्र दरबारनै भएका भनेका थिए । त्यसकारण काँग्रेसको आवरणमा दरबारको राणा केन्द्र सम्बद्ध क्रिश्चियन एजेन्टहरू गगन र विश्वप्रकाशको विजयमा सबैभन्दा खुशी माओवादी पंक्तिसहित माधव नेपाल पक्षधरहरू देखिएका छन् । १० वर्षे माओवादी हिंसामा गाउँ गाउँबाट इमान्दार काँग्रेसहरूको हत्या गर्दा पनि समाप्त गर्न नसकेको अवस्थामा माओवादीकै सगोत्रीहरू काँग्रेसमा हावी भएपछि सहज हुने हुनाले माओवादी, मसाल र माधव नेपालहरूले खुशीयाली मनाउनु अस्वाभाविक होइन ।

सी क्लास राणाकै कब्जामा काँग्रेस
काँग्रेस भनेकै सी क्लास राणाहरूको समूह हो । लमजुङबाट सर्किनी महिला लिएर सिन्धुली हुँदै बिराटनगर झरेका बीपी कोइरालाका पुर्खाहरूमध्येका उनका बाबु कृष्णप्रसाद कोइराला छालाको व्यापार गर्ने गर्दथे । यसको संकेत स्वयं बीपी कोइरालाले आत्मवृत्तान्तमा गरेका छन् । राणा कालमा भ्रष्टाचारमा परेपछि कृष्णप्रसाद कोइराला बनारस गएर त्यसैलाई राणाविरुद्ध विद्रोह भने । यता दरबारमा विवाह गरेर ल्याएकाबाट जन्मने ए क्लास, अर्काकी स्वास्नीबाट जन्मिएका बी क्लास र नोकर्नीबाट जन्मिएका सी क्लास भनेर विभाजन गरिएको थियो । ए क्लास राणाहरू रोलक्रममा सत्ताका भागिदार थिए । यसबाट चिढिएका बी र सी क्लास राणाहरूले सत्ता नपाउने भएपछि उनीहरू विद्रोही बनेर महावीर समशेर, सुवर्णसमशेरहरूसहित बीपीसँगै काँग्रेस पार्टी निर्माणमा लागे । २०४८ सालपछि तत्कालिन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले सीआईए मिशनअन्तर्गत सी क्लास राणा आरजुको देउवासँग विवाह गराएपछि देउवाको केन्द्र आधुनिक सी क्लास राणहरूकै केन्द्र बन्न गयो । अन्ततः यही समूहले काँग्रेस कब्जा ग¥यो । यसकारण बीपी, गणेशमान, महेन्द्रनारायण निधिहरूको जति विरासत काँग्रेसमा छ त्यति नै दरबारमा नोकर्नीपट्टि जन्मिएका सी क्लास राणाहरूको पनि लगानी र विरासत रहेको छ । यही विरासत नै देउवाको निरन्तरता हो सबैलाई चेतना भया ।


सम्बन्धित समाचार