Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर समूहलाई नसमेटिए शेरबहादुरलाई घेराबन्दी गर्ने रणनिति

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले १४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने बताएका छन् ।

खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा सहभागीहरूले संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेटिए देशभर आन्दोलन गर्ने र पार्टी सभापतिलाई घेराबन्दी गर्नेसमेत चेतावनी दिएका हुन् ।

एक नेताले भने, ‘ संसदीय समिति गठन गर्दा शेखर कोईराला समूहका वरिष्ठ नेताहरुलाई नसेमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गर्छौं। पार्टी सभापतीलाई घेराबन्दी गर्नेछौं।’

कांग्रेसको भातृसंस्थालगायत आगामी तीनै तहको निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्‍यवस्थापन नभए विद्रोह हुन सक्ने छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

 

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल