Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर समूह छुट्टै रणनीति बनाउँदै

काठमाडौं । परिवर्तनलाई स्वीकार गरेर अघि बढ्नु पर्ने दबाव बढिरहेका बेला कांग्रेस नेता डा‍‍. शेखर कोइराला र उनीनिकटका नेताहरू नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छैनन्। देउवा पक्षका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, मीनबहादुर विश्वकर्मालगायत नेताहरू रिट लिएर सर्वोच्च पुगेकामा शेखर पक्ष देखिएनन् । निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै देउवा पक्षका नेताहरुले आयोगको निर्णय खारेजको माग गर्दै रिट दिएका छन् । तर कोइराला पक्षले अदालत नगई आफू निकटका नेताहरुलाई छुटै भेला बोलाएका छन् । कोइरालाले पछिल्लो परिस्थितिबारे छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । डा।कोइरालाले दिउँसो १ बजे छलफलका बोलाएका हुन् । कोइलाले हिजो बिहान आफूनिकटका नेताहरूसँगको छलफलमा नेता कोइरालाले आफूहरू विपक्षमा उभिएको भएकाले अदालतबाटै न्याय खोज्ने बताएका थिए । आज उनीसहितको नेताहरुको उपस्थिति अदालतमा देखिएन । शुक्रबार देउवा पक्षले सानेपामा बोलाएको बैठकमा पनि कोइराला सहभागी थिएनन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल