Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेञ्चमा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ शेयर ९डिबेन्चर समेत० थपिएको छ ।
तीन महीनाको अवधिमा सर्वसाधारणका लागि जारी भएको साधारण शेयर ९आईपीओ० मात्रै तीन अर्ब ५६ करोड बराबरको सूचीकृत भएको नेप्सेले जनाएको छ ।
पहिलो त्रैमासको प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा एक अर्ब २८ करोड बराबरको बोनस शेयर र एक अर्ब २३ करोड बराबरको हकप्रद शेयर सूचीकृत भएका छन् । यसका अलवा ३३ अर्ब तीन करोड बराबरको डिबेन्चर र अर्ब ५० करोड बराबरको म्युचुअल फण्डसमेत सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ असोजसम्ममा सूचीकृत पाँच अर्ब ९१ करोड शेयरको चुक्ता मूल्य ५८१ अर्ब २६ करोड रहेको छ । असोजमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, पाँच लगानी कम्पनी, ४ व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन्। २०७७ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७० । ७ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८।६ प्रतिशत, लगानी कम्पनीको ७।१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४।१ प्रतिशत, होटेलको हिस्सा १।४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०।५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ७।६ प्रतिशत रहेको छ ।
पछिल्लो समय शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागिरहेको छ । नेप्से परिसूचक घट्दा यसको असर बजार पुँजीकरणमा पनि देखिएको छ । तर अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्ने हो भने परिसूचक र बजार पुँजीकरण दुबै माथि रहेको छ ।
अघिल्लो वर्ष असोज मसान्तमा १५६२।५ रहेको नेप्से सूचकांक यस वर्ष गत असोज मसान्तमा २६५७।० पुगेको छ । गत असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । गत वर्ष असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँमात्रै रहेको थियो ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल