Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ०.६ अंकको गिरावट, कारोबार भने तीन अर्बभन्दा बढी

काठमाडौं । शेयर बजार आज बिहीबार स्थिर रह्यो । शेयर बजार परिसुचक नेप्सेमा नगन्य ०.६ प्रतिशत मात्रै गिरावट भएको छ भने कारोबार रकममा भने केही सुधार आई तीन अर्ब सात करोड रुपियाँको शेयर किनबेच भयो ।
आज ९० वटा कम्पनीको शेयर बढ्दा १२७ वटा कम्पनीको भने घटेको छ । आठ वटा कम्पनीको स्थिर छ । आज सबैभन्दा धेरै कमाई गर्नेमा सिटी होटल लिमिटेड, रेवा इनर्जी डेभलपमेन्ट लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता छ्न् । धेरै घाटा खानेमा मोदी इनर्जी लिमिटेडका लगानीकर्ता छन् ।
आज सबैभन्दा धेरै कारोबार शिवम सिमेन्टको भएको छ । उसको १८ करोड ५६ लाख रुपियाँको शेयर कारोबार भएको हो । दोस्रोमा प्रभु बैंकको संस्थापक शेयर झण्डै १७ करोड खरीद बिक्री भएको छ ।


सम्बन्धित समाचार

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल

म्याद थपेर रविको राजधानी यात्रा

२०८१ मंसिर ८

ताजा नेपाल

पार्टीमा एकता बचाउने रविको चिन्ता

२०८१ मंसिर ८

ताजा नेपाल