Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १३.९० अंकको गिरावट, कारोवार रकमपनि खुम्चियो

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । बजार निरन्तर ओरालो लागेसंगे नेप्से परिसूचक २१ अंकबाट तल झरेको छ । कारोबार रकमसमेत खुम्चिंदै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १३.९० अंकले घटेको हो । ०.६६ प्रतिशतले बजार घट्दा नेप्सेपरिसूचक २०९१.५६ अंकमा झरेको हो ।
आज २५६ कम्पनीका ४८ लाख १५ हजार १ सय २० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७३ करोड २५ लाख ७५ हजार २ सय २.७९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन आज यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.५४ प्रतिशतले नाफा कमाएका छन् भने गरिमा बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड २० लाख ९ हजार ३ सय ३.८० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार बजार ६०.८८ अंकले घट्दा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२.९३ रुपियाँ र हिजो मंगलबार बजार १६.४० अंकले घट्दा १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२.७१ रुपियाँ बराबरको कारोबार भएको थियो । गत सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल