Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लामो समयदेखि घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले उकालो लागेको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १५.१३ अंकले बढेको हो । ०.७९ प्रतिशतले बजार बढ्दा नेप्से परसूचक १९२०.१२ अंकमा उक्लिएको छ ।
आज २७३ कम्पनीका २५ लाख ७९ हजार ३ सय २५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड २१ लाख ४१ ह्जार १ सय १६.१२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज कालिञ्चोक दर्शन लिमिटेड, मोलुङ हाइड्रो र गुराँस लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९ र ९.५९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै आदर्श लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज स्वावलम्बन लघुवित्तको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त कम्पनीको ८ करोड ८३ लाख १३ हजार ३ सय रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २.८० अंकले बजार घट्दा ९७ करोड ४५ लाख ९९ हजार ६१.५१ रुपियाँ, सोमबार २३.६३ अंकले बजार घट्दा ९२ करोड ७८ हजार ५ सय ७१.१२ रुपियाँ र हिजो मंगलबार ३.०७ अंकले बजार घट्दा ८७ करोड ४ लाख ४८ हजार १ सय ५१.८८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल