Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १६.२४ अंकको सुधार, कारोबार रकम पनि एक अर्ब नाघ्यो

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम एक अर्ब नाघेको छ । हिजो झिनो अंकले बढेको बजार आज भने दोहोरो अंकले उकालो चढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२४ अंकले बढेको छ । ०.८२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८५.४३ अंकमा पुगेको छ ।
आज २७२ कम्पनीका ४३ लाख ३६ हजार ५ सय ८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७ सय ५७.५० रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन विभिन्न ७ कम्पनीका लगानीकताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । शुभम पावरका लगानीकर्ताहरुले १० प्रतिशत नाफा कमाउँदा थ्री स्टार हाइड्रो, मेन्छियाम हाइड्रो, बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९८, ९.८०, ९.७९, ९.५६ र ९.२० प्रतिशतले नाफा कमाएका छन् ।
इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ८ प्रतिशतले घाटा व्यहोरेका छन् । आजपनि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ६४ लाख ४२ हजार ६ सय ९१.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ४२.१४ अंकले बजार घट्दा २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६ सय १०.९४ रुपियाँ र हिजो सोमबार ४.२६ अंकले बजार बढ्दा ८७ करोड ४ लाख ४४ हजार १ सय ५६.८२ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार