Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १६.४२ अंकको सुधार, पाँच अर्ब नाघ्यो कारोबार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढ्दा कारोबार रकम पाँच अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.४२ अंकले बढेको हो । ०.८१ प्रतिशतले बजार बढ्दा नेप्से २०३७.०६ अंकमा पुगेको छ ।
आज २७५ कम्पनीका १ करोड २५ लाख ६१ हजार ४ सय ४० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६सय ८२.८० रुपियाँ बजारको कारोबार भएको हो ।
बजारमा उत्साह छाएको दिन आज पनि २ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । खप्तड लघुवित्त र सिटी होटल लिमिटेडका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९५ प्रतिशतले कमाएका हुन् ।
त्यसैगरी राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड १७ लाख ८ हजार ८ सय ४२.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ४०.४८ अंकले बढ्दा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३.९१ रुपियाँ, सोमबार ७.७९ अंकले बजार बढ्दा २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४ सय १५.६९ रुपियाँ र हिजो मंलगलबार ३४.१७ अंकले बजार बढ्दा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३.९७ रुपियाँ बराबरको कारोबार भएको थियो ।