Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १६.९३ अंकको गिरावट, कारोबार रकममा झिनो सुधार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । बजार तल ओर्लिए पनि कारोबार रकममा भने सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १६.९३ अंकले घटेको हो । ०.९१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३३.६९ अंकमा ओर्लिएको छ ।
आज २७९ कम्पनीका २८ लाख १० हजार ६ सय २७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ४२ लाख १७ हजार १.८५ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०५ प्रतिशतले नाफा कमाएका छन् भने इस्टर्न हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ७८ लाख २१ हजार २ सय ८२ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १९.१२ अंकले बजार घट्दा ६० करोड ८१ लाख ३५ हजार ९४.१३ रुपियाँ बराबरको कारोबार भएको थियो ।