Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले तल झरेको हो । ०.८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७२ अंकमा ओर्लिएको छ ।
आज २८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड ९१ लख १ हजार ३ सय २४.८१ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन समता घरेलु लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ७.९१ प्रतिशतले नाफा कमाए भने सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.५४ प्रतिशतले घाटा ब्यहोरे । ५६ कम्पनीको शेयर बढ्दा बाँकीको घट्यो ।
आज सिटिजन लाइफ इन्स्योेरेन्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ५ करोड ५९ लाख ७० हजार ६ सय ५२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ३३.२० अंकले बजार घट्दा १ अर्ब ८३ करोड ४ लाख ८३ हजार ७ सय ४३.११ रुपियाँ र हिजो सोमबार ५.१९ अंकले बजार बढ्दा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल