Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १९.११ अंकको गिरावट, कारोवार रकम ९५ करोड ४३ लाख

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १९.११ अंकले तल झरेको हो । १.०१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८७०.६५ अंकमा झरेको छ ।
आज २७१ कम्पनीका ३२ लाख ६ हजार ४ सय ५० कित्ता शेयर कारोबार हुँदा ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७।९४ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ का लगानीकर्ताहरुले ३.३३ प्रतिशतले नाफा कमाएका छन् भने एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड २५ लाख १० हजार ८ सय २५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।