Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १९.१२ अंकको गिरावट, ६० करोड ८१ लाखमा समेटियो कारोबार

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार दोहोरो अंकले घट्दा कारोबार पनि उत्साहजनक रहेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १९.१२ अंकले घटेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५०.६१ अंकमा ओर्लिएको छ ।
आज २६३ कम्पनीका २० लाख १५ हजार ९ सय ५९ कित्ता शेयर किनबेच हुँदा ६० करोड ८१ लाख ३५ हजार ९४.१३ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ८.२२ प्रतिशतले नाफा कमाए भने एनएमबि बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८३ प्रतिशतले घाटा व्यहोरेका छन् । ३४ कम्पनीको शेयर मूल्य बढ्दा बाँकी कम्पनीको शेयर घटेको छ ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड २२ लाख ३७ हजार ६ सय ७।५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।