Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २१.३२ अंकको गिरावट, चार अर्बमा समेटियो कारोबार

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से तल झर्ने क्रमसँगै कारोबार रकम पनि घट्न थालेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.३२ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा नेप्से परिसूचक २०७५.९७ अंकमा ओर्लिएको छ ।
आज २७६ कम्पनीका ९४ लाख १८ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३ सय ७५.४४ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त र सिटी होटलका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९८ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
हिमालयन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ९४ लाख ४५ हजार ७ सय ८५.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ५३.७० अंकले घट्दा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १ सय ७९.३९ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल