Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २६.५६ अंकको गिरावट, चार अर्ब ११ करोडको कारोबार

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । नेप्से दोहोरो अंकले तल झरे पनि कारोबार रकम चार अर्ब बढीनै रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.५६ अंकले घटेको हो । १.२७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६४.८३ अंकमा झरेको हो ।
आज २६८ कम्पनीका १ करोड ७ लाख ९२ हजार ७ सय ४२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९ सय ५३.९७ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि सिटी होटल, बीपीडब्लू लघुवित्त र इङ्वा हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९७ प्रतिशतले नाफा कमाएका छन् ।
यता, यूनिक नेपाल लघुवित्त, सानिमा इक्वीटी फण्ड र माहुली लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ८.८९ र ७.४८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
निफ्राको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ५७ लाख ५३ हजार ९ सय ६१.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५२.२६ अंकले बजार बढ्दा ४ अर्ब ८६ करोड ९१ लख ८४ हजार १६.०२ रुपियाँ र हिजो सोमबार २.९४ अंकले बजार घट्दा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८ सय ८०.२८ रुपियाँ बराबरको कारोबार भएको थियो ।