Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो दिनको शेयर बजार झिनो अंकले घटेको छ । कारोबार रकम पनि बढ्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २.८० अंकले घटेको हो । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३१.६८ अंकमा झरेको छ ।
आज २६५ कम्पनीका ३० लाख ५६ हजार ७ सय ७५ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ४५ लाख ९९ हजार ६१.५१ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आदर्श लघुवित्त, मोलुङ हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै एशियन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ८९ लाख ४ हजार ४ सय ९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल