Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.३७ अंकले घटेको हो । १.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५१.४७ अंकमा झरेको छ ।
आज २६५ कम्पनीका ८० लाख ७ हजार ३ सय ६१ कित्ता शेयर किनबेच हँुदा २ अर्ब ६८ करोड ७१ लख ४८ हजार २ सय ३४.५५ रुपियाँ बराबरको कारोबार भएको हो ।
आजैबाट कारोबार शुरु भएका दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियोका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यसैगरी प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५९ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ३३ कम्पनीबाहेक अन्यको शेयर मूल्य घटेको छ ।
नेप्सेका अनुसार आज उच्च कारोबार भएको टप टेन कम्पनीमध्ये ८ वटा वाणिज्य बैंक छन् । वाणिज्य बैंकहरुको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक भएसँगै कारोबार पनि उच्च भएको हो । सबैभन्दा बढी सानिमा बैंकको १२ करोड ६९ लाख ८२ हजार ३ सय ३.७० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
उच्च कारोबार भएका टपटेन कम्पनीमा सानिमासहित एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, कुमारी बैंक, नविल बैंक, प्रभु बैंक र प्रोग्रेशिभ फाइनान्स रहेको नेप्सेले जानकारी दिएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल