Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ४.२७ अंकको गिरावट, कारोबार रकम पनि निराशाजन

काठमाडौं । शेयर बजार घट्दा आज कारोबार रकम झनै निराशाजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ४.२७ अंकले घटेको हो । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से १८६६.४० अंकमा झरेको छ ।
आज २७१ कम्पनीका २३ लाख ३६ हजार ६ सय २५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७ सय ५५।१९ रुपियाँ बराबरको कारोबार भएको हो ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ८.२० प्रतिशतले नाफा कमाएका छन् भने स्वेत गंगा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.७० प्रतिशतले घाटा व्यहोरेका छन् ।
हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २ करोड ४४ लाख ४९ हजार ८ सय ८३.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार १९.११ अंकले घट्दा ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७.९४ रुपियाँ बराबरको कारोबार भएको भएको थियो । हिजो सोमबार मई दिवसको बिदाका कारण बजार बन्द रहेको थियो ।