Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मंगलबार पनि बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा झरेको छ। सेन्सेटिभ पनि ०.७३ अंकले घटेको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महत निजी क्षेत्र, सेयर बजारका साथै नियामक राष्ट्र बैंक, धितोपत्र बोर्ड पदाधिकारीहरुसँग ब्याक टु ब्याक छलफलमा छन्। यसले सकारात्मक सन्देश र माहोल सेयर बजारमा देला भन्ने मनोविज्ञान विपरीत पुँजी बजारले रियाक्सन देखाइरहेको छ। अर्थमन्त्रीको प्रयासलाई लगानीकर्ताले पत्याएका छैनन्।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये वाणिज्य बैंक, लगानी, जीवन तथा निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह घटेका छन् भने बाँकी रहेका उपसमूह भने सामान्य बढेको देखिन्छ।
सेयर बजार निरन्तर घट्न थालेपछि हाल बजारमा लगानीकर्ताको सक्रियता पनि घटेको छ। मंगलबार दिनभरको कारोबार अवधिमा १ अर्ब पनि सेयर किनबेच भएको छैन।
कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा छ। कम्पनीको ३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको हो।
बजार घटिरहँदा केही वाणिज्य बैंकहरुका सेयर निकै सस्तो भएका छन्। करिब ७ वाणिज्य बैंकहरुको सेयर मूल्य प्रति कित्ता १८२ रुपैयाँ भन्दा कम छ।
मंगलबार ग्लोबल आइएमइ बैंकको सेयर १८१ रुपैयाँमा भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर कारोबार प्रति कित्ता १८१ रुपैयाँ, प्रभु बैंकको प्रति कित्ता १६९ रुपैयाँमा कारोबार भइरहेको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल