Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ६०.८८ अंकको गिरावट, ठूलो १६ कम्पनीबाहेक अरु सबैको मूल्य घट्यो

काठमाडौं । शेयर बजारमा पहिरो गएपछि लगानीकर्ताहरु अत्तालिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ६०.८८ अंकले घटेको हो । २.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१२१.७५ अंकमा झरेको छ ।
आज २५३ कम्पनीका ८१ लाख ३९ हजार ८ सय ४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२.९३ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार ओरालो लाग्दा आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ४.४८ प्रतिशतले नाफा कमाएका छन् भने ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताहरुले ६.६० प्रतिशतले घाटा व्यहोरेका छन् । १६ कम्पनीबाहेक अरु सबैको शेयर मूल्य घटेको छ ।
आज हिमालयन डिस्टिलरी लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ३७ लाख ६८ हजार ८ सय ९५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल