Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा फेरि ३९.२६ अंकको पहिरो, तीन अर्बमा समेटियो कारोबार

काठमाडौं । शेयर बजार आज फेरि उच्च अंकले बढेको छ । हिजो बजारमा सुधार आए पनि आज फेरि तल झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३९.२६ अंकले घटेको हो । १.८८ प्रतिशतले बजार घट्दा नेप्से २०४९.४४ अंकमा झरेको हो ।
आज २७७ कम्पनीका ८० लाख ९२ हजार ९ सय ६९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १ सय ३६.७८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सिटी होटल र रावा इनर्जीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाएका छन् । रावाको आजैबाट कारोबार शुरु भएको हो । यता, बीपीडब्लू लघुवित्त र मोदी इनर्जी लिमिटेडका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् । मोदी इनर्जीको कारोबार आजैबाट शुरु भएको हो ।
शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड ४९ लाख १२ हजार ५ सय ९६.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ५३.७० अंकले घट्दा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १ सय ७९.३९ रुपियाँ, सोमबार २१.३२ अंकले बजार घट्दा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३ सय ७५.४४ रुपियाँ र हिजो मंगलबार १२.७३ अंकले बजार बढ्दा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १ सय २८.५० रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल