Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

काठमाडौं । समय आएपछि न्यायाधिशको फैसला खोतलिन्छन् तिनैले अपराधीलाई बचाएर पीडितलाई रुवाएका घटना पनि उधिनिन्छन् । ६१ वर्षदेखि द्वारिका होटलको मुद्दा फैसला भएको छैन बुढानिलकण्ठमा पुजा गरी घर फर्किदै गर्दा सडक पेटमिा हिँडिरहेकी महिललाई गाडीले किचेर मार्ने पृथ्वी मल्ल र सौरभ सिरोहियाका अपराधलाई जोगाएर फैसला गर्ने न्यायाधिशका कर्तुत पनि यस्तै समयमा पर्दाफास भएका छन् । सिरोहियाले माइतीघरमा पृथ्वी मल्लले जस्तै अपराध गरेका थिए । न्यायपरिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशका लागि छ जना न्यायाधिशको नाउ संवैधानिक परिषद्मा पठाउनु नै प्रधानन्यायाधीशको आकांक्षी वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानको बाटो छेकिनु हो ।
परिषद्ले कामु प्रधानन्यायाधीश मल्ल र कानुनमन्त्रीबीचको सहमतिमा प्रधानन्यायाधीश बनाउन सकिनेहरूको रोलक्रमका आधारमा नाम पठायो । ती नाममध्ये सपना मल्ल प्रधान एमालेद्वारा संविधानसभा सदस्य बनाइएकी थिइन् भने कुमार रेग्मी काँग्रेसको कित्ताबाट ललिता निवास जग्गा प्रकरणका बेला वकालत गर्ने कानुन व्यवसायी हुन् । केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनाइएका हरि फुयाँलको आबद्धता नै एमाले थियो । वरिष्ठताका तीन पौरखी विद्वानलाई छाडेर संवैधानिक परिषद्ले चौथो वरियताका डा. मनोजकुमार शर्मालाई छनोट गर्दासाथ न्यायिक क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ । उनी पनि करेन्ट चाउचाउ र करेन्ट गुट्खा कम्पनीका मालिक बालेन्द्र शाहलाई चुनावी अभियानमा ८ करोडको गाडी चढाउने कलम मालपानीका कुनै बेलाका कर्पोरेट सल्लाहकार नै थिए । न्यायापरिषदले ६ जना प्रधानन्यायाधीश बन्न योग्य छन् यी मध्येबाट प्रधान न्यायाधिश बनाउन सकिन्छ । यिनले सर्वोच्च प्रवेश यति सालबाट भएको हो, सेवा अवधि यति छ भनेर खुलाएपछि कानुनी व्याख्या र तिनको योग्यताको खुलासा हुनु नौलो भएन । काँग्रेस र्र माले भागवण्डामा ९÷९ जना न्यायाधशि सर्वोच्चमा प्रवेश गराएका कारण न्याय मरेको अवस्था छ । यी पार्टीका नेताको निर्देशन अनुसार फैसला गर्दा अन्यायमा परेका मान्छेको मुहार त्यस्ता बेञ्चमा बस्ने न्यायाधीशले ख्याल गर्छन् ? पुजा गरेर घर फर्किंदै गर्दा लिला देवकोटालाई रक्सीले मातेर गाडी हाँक्ने पृथ्वी मल्ल जस्ता अपराधीलाई कानुनी कारबाहीबाट जोगाएर विदेश पठाउने न्यायाधिश पनि सपना मल्ल प्रधान नै भएकाले उनको क्षमतामा प्रश्न उठाउनु अस्वाभाविक थिएन । अन्यायका विरुद्ध आफू लडेको धाक दिएर कानुन दिवसका दिन भाषणा गर्दैमा निर्णय उल्टिने होइन । प्रधानमन्त्री बालेन्द्र शाहको एकल निर्णयमा यस्ता विवाद परेका छन् । जहाँ उनले आफू निर्वाचनमा सहभागी दलको भाउ समेत राखेका छैनन् । रास्वपाका अरु सांसदले प्रशिक्षण लिनु पर्ने दलको बैठकमा सहभागी भएर सरकारका योजना सफल पार्न सक्रिय हुनुपर्ने तर दलको नेता प्रधानमन्त्री बैठकमा सहभागी नभए पनि हुने रास्वपाले कस्तो चमत्कार देखाउँदैछ ।

फैसला पनि नियाल्दै
प्रधानन्यायाधीश बन्ने हैसियतका उम्मेदवारहरूले गरेका मुद्दाका फैसला पनि मूल्यांकन पर्छन् । शर्माले आफू सर्वोच्च प्रवेश गरेपछि ७ हजार ५३३ मुद्दाको फैसला गरेका थिए । प्रधानमन्त्रीले त्यसैलाई कार्यक्षमता ठान्दा शर्मा छनोटमा परेका हुन् । तर उनले भन्दा बढी १० हजार ८२७ मुद्दा हरि फुयाँलले फैसला गरे पनि एमालेको ट्याग बढी लाग्यो । सपनाले ७ हजार ७६२ मुद्दा फैसला गरेकी छिन् । ०६४ मा उनी एमालेबाट संविधानसभा सदस्य भएकी थिइन् । सपना भन्दा मुद्दा फैसला धेरै गरेका कुमार रेग्मी ८ हजार ८२७, नहकुल सुवेदी ८ हजार ४ सय ५२ तिलप्रसाद श्रेष्ठ १० हजार ५ सय ३७ थिए । रेग्मी काँग्रेस, सुवेदी, श्रेष्ठ र शर्मालाई पूर्व प्रधानन्यायाधीश दामोदर शर्मा, चोलेन्द्र समशेर जबरा जस्ता विवादित चरित्रहरूसँग जोडिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षमता र मुद्दा फैसालका आधरामा मनोजकुमार शर्माको पक्ष लिनुमा राजश्वमारा व्यापारी कमल मालपानीसँगको सम्बन्ध हो भन्ने कुरा छर्लङ्ग भयो । तिनै शर्माले एनसेलले राज्यलाई व्यवसाय चलाएबापत तिर्नु पर्ने रोयल्टी तिर्नु पर्दैन भन्ने फैसला गरेका हुन् । खोतल्दै जाँदा पुराना नेताका मात्र होइनन् हामी जान्ने भन्नेहरू पनि दुर्गन्धतिरै रमाउन थालेको भेटिन्छ ।
पुराना चप्पल कान्छाहरूले राज्य लुटेकै हुन् । गणतन्त्रको नाउमा यिनको लुट चर्को थियो । पैसा बिना काम नहुने प्रशासनिक संरचना विद्यमान छ । मालपोत, सवारी लाइसेन्स नविकरण जस्ता ठाउँमा अझै शंकास्पद धन्दा भइरहेका छन् । रास्वपाले भ्रष्टाचार निर्मुल पार्ने भनेको छ । तर सर्वोच्च अदालतमा विवादास्पद व्यापारी कमल मालपानीका कानुनी सल्लाहकारलाई प्रधानन्यायाधीश बनाएपछि कसरी सफा हुन्छ शंका छ । उनको सिफारिशपछि सर्वोच्चले दिएका आदेश नै चर्चा गर्न लायक भइसके । बालने सरकारलाई तिनै एमालेकी सपना प्रधान, हरि फुयाल, काँग्रेस महासमिति सदस्य कुमार रेग्मीले लोप्पा दिँदैछन् ।

जो नेपोकिङ हुन
प्रधानन्याधिश नियुक्ति सिफारिश नेपोकिङ शैली हो । जुन शैलीको शुरुवाती शुत्र पवनकुमार ओझा हुन् । चोलेन्द्र शसमशेरका दोस्ती ओझा शिक्षामन्त्रीका मावली हजुरबुबा हुन् । मिनाक्षी पोखरेलका पिता पवन दामोदर शर्माका मित्र हुन् । एमालेको नाममा राष्ट्रबैङ्कमा कमाई हुने ठाउँमा बसेर लुटेका रमेश कुमार पोखरेल जीवा लामिछानेको सानिमा विकास बैङ्कका सिइओ थिए । लामिछाने रस्सामा पढ्न गएर व्यापारी बनेका एनआरएनए हुन । बीमा कम्पनी र ऊर्जा क्षेत्र यिनको चासोमा पर्छन् । एमालेका रमेश बडाल, हरि फुयाँलसँगै लफर्म चलाएका मनोजकुमार शर्मा केपी ओलीसँग चोलेन्द्रको बार्गेनिङले सर्वोच्च प्रवेश गरेका पात्र थिए । तर उनी एमालेकै झोले भएर बल्खु दरबारमा धाउनेमध्येकै थिए । प्रधानमन्त्रीले उनकै क्षमता देखेर प्रधानन्यायाधीश बनाएका हुन् । अबको भित्री रहस्य प्रधानमन्त्रीका कुनै निर्णय सफल नहुन सक्छ । अब सपना मल्ल, हरि फुयाल भर्सेस डा. मनोजकुमार र सरकारबीच प्रतिस्पर्धा हुँदा नौलो हुँदैन ।


सम्बन्धित समाचार