Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीलङ्काको निर्वाचन परिणाम र प्रचण्डमाथि सुनियोजित हमला

‘रअ’ र सीआईएको मिसनमा चलाइएका बहुराष्ट्रिय कम्पनीका ताबेदार ठूला भनिने सञ्चारगृह र टेलिभिजनमा सायद इसाईहरूले चलाएको लिट्टेलाई सफाया गरेका महिन्द्रा राजपाक्षेको दल र उनले हारेको भए मुख्य समाचार र हप्तौँसम्म बहस चलाउने थिए । विगतमा राजपाक्षेको पराजय हुँदा यसरी नै बहस चलाइएको थियो । तर अहिले राजपाक्षेको दलले श्रीलङ्कामा दुई तिहाइ बहुमत ल्याएपछि पाठकको आँखा नपर्ने किनारमा सामान्य औपचारिक समाचारबाहेक कसैले पनि महत्वका साथ समाचार सम्प्रेषण गरेनन् । वर्षाैंदेखि इन्डो सीआईए गुरुयोजनामा तमिल टाइगर्समार्फत् पृथकतावादी हिंसा चलाएर हजारौँ हजार श्रीलङ्कालीहरूको हत्या गराएको लिट्टेलाई चीनको सहयोगमा राजपाक्षेले सफाया गरिदिएका थिए । यस कारण पश्चिमा र भारतीयहरू श्रीलङ्कामा राजापाक्षेसँग क्रुद्ध थिए । विगतमा उनको पराजय र मैत्रीपाला श्री सेनाको उदायले आफ्नो पल्लाभारी भएको ठानेका इन्डो पश्चिमाहरूलाई राजापाक्षेको उदयले धक्का मात्रै दिएको छैन, सिङ्गो दक्षिण एसियामा भारतलाई केन्द्र बनाएर खेल्न खोज्ने अमेरिका र पश्चिमी शक्तिलाई नयाँ सन्देश पनि दिएको छ । अब दक्षिण एसियाका कुनै पनि राष्ट्रहरू इन्डो पश्चिमी खेल मैदान बन्न सक्दैनन् ।

नेपालको कथित माओवादी हिंसा पनि लिट्टेको जस्तै थियो, जसका पछाडि इन्डो–अमेरिकी र इसाई मिसनरीको सहयोग थियो । सायद राजा वीरेन्द्र रहेका भए श्रीलङ्कामा जस्तै चीनको सहयोगमा सफाया हुने थियो । त्यो भन्दा पूर्व नै नेपाली सेनाले वीरेन्द्रको कत्लेआम गर्यो । तत्पश्चात् बदलिएको नेपाली राजनीतिमा पछिल्लो चरणमा पुष्पकमल दाहालले जातिवादी लिट्टे मोडलको इन्डो पश्चिमी घेरा तोड्दै अघि बढ्न खोजे, जसका कारण यति बेला उनीमाथि पश्चिमी मिसनका अभियन्ताहरूले प्रहार केन्द्रित गरिरहेका छन् ।

श्रीलङ्कामा त्यहाँको सेना राष्ट्रप्रति बफादार थियो । यस कारण महिन्द्रा राजापाक्षे सफल भए । नेपालको सेना राष्ट्रप्रति बफादार होइन, भ्रष्टाचारसँगसँगै भारत र अमेरिकाप्रति बफादार थियो र छ । त्यस कारण राजा वीरेन्द्रको हत्या भयो । यो अवस्थामा श्रीलङ्काको नयाँ आयामको रूपमा नेपाल कम्बोडियाको नयाँ मोडलतर्फ अघि बढ्दै गरेको अवस्था हो । एमसीसीलाई अघि बढाएर हिन्द प्रसान्त सुरक्षा रणनीतिअन्तर्गत नेपाललाई अमेरिकी क्याम्पमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसको योजना असफल हुनु, माधवकुमार नेपालले प्रचण्डलाई अगाडि सारेर नेकपा विभाजनको प्रयत्न र केपी शर्मा ओलीले अमेरिकी आड–भरोसामा पार्टी विभाजन गर्न असफल भएपछि चीनको प्रभावले आफ्नो स्पेस बढाउँदै लैजाने आधार निर्माण भएको छ । स्मरण रहोस्, चीन रोक्न मदन भण्डारीको हत्यापछि निर्णायक रूपमा उदय भएका माधव–ओलीहरू इन्डो पश्चिमकी घेराकै पात्रहरू हुन् ।

अपवादका रूपमा पुष्पकमल दाहालले आफूलाई करेक्सन गरेर एजेन्डामा उभिने प्रयत्न गरिरहेका छन् । बीआरआई सम्झौता र एमसीसी रोक्ने दाहालको प्रयत्नले उनले एजेन्डा पक्रन खोजेको स्पष्ट हुन्छ । त्यस कारण यति बेला उनीमाथि देशी–विदेशी पश्चिमी एजेन्सीसँग जोडिएका उनका विगतका सहयात्रीहरूदेखि लिएर सबै क्षेत्रबाट हमला गरिएको छ । अहिलेका पुष्पकमल दाहाल माओवादी पुष्पकमल दाहाल होइनन् । चीनलाई नै रोक्नका लागि राजा वीरेन्द्रको सफाया गरेर भारत र अमेरिकी रणनीतिमा अगाडि बढेको कथित नेपाली सेना यति बेला सबैभन्दा तिलमिलाएको छ । खाउँ भने कान्छा बाउको अनुहार, नखाउँ भने दिनभरिको सिकार भएको छ । यो अवस्थामा नेकपा विभाजन गर्ने प्रधानमन्त्री ओलीको योजना असफल भएपछि अब महाधिवेशनले नेतृत्व तय गर्ने छ । त्यो अवस्थामा नेकपाले एजेन्डा पक्रनेबित्तिकै मुलुक कम्बोडियाको नयाँ मोडलमा प्रवेश गर्ने छ । अब जसरी कम्बोडियामा राजतन्त्रको विस्थापनपछि सेना अपरेसन गरिएको थियो, त्यसरी नै हुनेछ र हुनुपर्दछ ।

चीनको सशक्त उपस्थितिपछि नेकपालाई आफ्नो पकडमा रहेको ठानिरहेका भारतीय र अमेरिकीहरू तिलमिलाएका छन् । उनीहरू विकल्पको खोजीमा धर्म या साम्प्रदायिक भड्काउमार्फत् खेल्न खोजिरहेका छन् । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दू राष्ट्रको जनमत सङ्ग्रह र बाबुराम भट्टराईलगायतका जातिवादीहरूले तथाकथित मधेसको नाममा जातिवादी एजेन्डा बोकिरहेका छन् । नेकपामार्फत् खेल्न नसकेपछि काँग्रेस र मथित मधेस र पर्दाभित्र सेनामार्फत् चीन रोक्न सकिन्छ कि भन्नेमा छन् । यो मूतको न्यायोबाहेक केही पनि होइन ।

प्रचण्डमाथि सुनियोजित हमला
नेकपा विभाजन गरेर अर्को कोर्समा लैजाने अर्थात् अमेरिकी कोर्समा । योजनाको असफलतापछि सैनिक हेर्डक्वार्टरबाट पालिएका केही बौद्धिक दाबी गर्ने दलालहरू प्रचण्डविरुद्ध केन्द्रित छन् । उनीहरूले पछिल्लो नेकपा विभाजन समाधानतर्फ गएको विषयलाई प्रचण्डको राजनीतिक समाप्तिको व्याख्या गरिररहेका छन् । राजनीति त्यति सजिलो गरी उदय पनि हुँदैन र अन्त्य पनि हुँदैन । श्रीलङ्कामा महिन्द्रा राजपाक्षेको राजनीति विगतको उनको पराजयपछि धेरैले समाप्त भएको घोषणा गरेका थिए । आज उनको उदयलाई कसरी हेर्ने ? कम्बोडियामा नरोद्दम सिंहानुकको अपदस्थपछि त्यहाँको सेनाले उनको राजनीति समाप्त भएको घोषणा गरेको थियो । त्यसलाई कसरी हेर्ने ? अहिले पनि राजनीतिक एजेन्डाको हिसाबमा हेर्ने हो भने पुष्पकमल दाहाल नै अगाडि छन् । ओलीले उनले चीनसँग गरेको बीआरआई कार्यान्वयन गर्न रोकिरहेका छन् भने प्रचण्डले ओलीले गर्न लागेको एमसीसी रोकिरहेका छन् ।

यो बाह्यरूपमा ओली–प्रचण्ड टकराव जस्तो देखिए पनि चीन र अमेरिकी टकराव हो । हो, अहिले सत्ता ओलीसँग छ । तर उनीसँग एजेन्डा छैन । चीन र अमेरिकी टकरावमा नयाँ महिन्द्रा राजपाक्षेको रूपमा पुष्पकमल दाहालको उदय हुन सक्छ । दक्षिण एसियामा चीनको सशक्त उपस्थितिलाई खेलबाड र कमजोर ठान्ने इन्डो अमेरिकी चस्माबाट हेर्नेहरूले पुष्पकमल दाहालको राजनीति समाप्त भएको देख्नु अस्वाभाविक होइन । हो, पुष्पकमल दाहालको उदय रियाक्सनरी जातिवादी र इसाई एजेन्डामा भएको हो । यस कारण यो जातिवादी समूहले उनलाई घेरा हाल्ने कुरामा सचेतताका साथ हेर्नुपर्दछ र प्रहार गर्नुपर्दछ । हो, उनी अति विवादित पात्र हुन् र रहस्यमयी पनि । तर दरबार हत्याकाण्ड र राजतन्त्रको विस्थापनपछि नेपाललाई अमेरिकी क्याम्पमा लैजाने षड्यन्त्रलाई कसैले रोकेको छ भने त्यो पुष्पकमल दाहालले नै रोकेका छन् । त्यस कारण अहिले कमजोर जस्तो देखिए पनि राजपाक्षे मोडलमा उनको उदय हुन सक्छ ।

अब सेनाको विघटन
नेपालको सेना श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशको जस्तो राष्ट्रवादी सेना होइन । परम्परागतरूपमा हेर्ने हो भने पृथ्वीनारायण शाह, गोरखनाथ र मत्स्येन्द्रनाथको लिगेसीको सेना होइन । नेपाल र नेपाली जनताभन्दा भारत र अमेरिकी रणनीतिको स्वार्थ र भ्रष्टाचारप्रति बफादार सेना हो । यस कारण यो सेनाको विघटन या पुनर्गठन नगरी नेपालमा वास्तविक देशभक्तहरू सुरक्षित हुन सक्दैनन् । त्यसका लागि राजपाक्षे मोडलको सशक्त सत्ता र कम्बोडियाली मोडलमा सिंहानुकलाई जस्तै पूर्वराजा या बहादुर शाहका सन्ततिहरूलाई अगाडि सारेर यो सेनाको विघटन गर्नुपर्ने छ । यो सेना गोरखनाथ, मत्स्येन्द्रनाथ र भैरवनाथको लिगेसी होइन । भ्याटिकनको लिगेसी रक्षार्थ उभिएको सेना हो, सबैलाई चेतना भया ।