Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संखुवासभा सामूहिक हत्याकाण्डको रहस्य खुल्दै, पक्राउ परे एक आफन्त

काठमाडौँ । अपराध चिनजानकै मानिसबाट हुने गरेका छन् । अपराधीले जतिसुकै चलाखी गरे पनि एक दिन उसको अपराध छताछुल्ल हुन्छ । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सामूहिक हत्या काण्डको आरोपमा स्थानीय एक युवालाई पक्राउ गरिएको छ । उनी हत्या भएको कार्की परिवारको आफन्त रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानमा सक्रिय संघीय प्रहरी एकाई कार्यालय धरानका एसपी भीम दाहालले अनुसन्धानबाट अझै केही कुरा पूरा गर्नु पर्ने भएकाले त्यो पुष्टि हुनेवित्तिकै पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिने जानकारी दिए । संखुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा सोमबार तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्की, तेजबहादुरकी आमा पार्वती कार्की, तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की, नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।