Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीलाई यो मुलुकको महाराज शैलीमा देवत्वकरण गर्ने नेकपा एमालेको लुटाहा समूहलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेपछि रातको निद्रा न दिनको भोक जस्तै इन्तु न चिन्तु बनाउँदैछ । अध्यक्ष एवं यो देशकै कपटी र धुर्त नेताका रुपमा लिइने प्रधानमन्त्री केपी ओलीलाई परमेश्वर मानेर राज्य लुट्ने ईश्वर पोखरेलहरू समेत बिच्केको बेला भन्सारमा सिन्डीकेट चलाएर कुम्ल्याउन पल्केको विष्णु पौडेल र एनसेलको दूत बनेर राजश्व कुम्ल्याउन सफल पृथ्वी सुब्बा गुरुङले विद्यालाई धोका दिनु नौलो होइन । विद्याले साना दल मिलाएर वापमन्थीहरूबीच कार्यगत एकता चुनावी मोर्चा र पार्टी एकता गर्ने एजेन्डासहित देश भ्रमण गर्दैछिन् । संविधान र व्यवस्थाभन्दा माथि रहेको ओली पथले पूर्व राष्ट्रपतिको सदस्यता स्थगन ग¥यो तर विद्याले सम्पर्क कार्यालय जहाँ खोलिन त्यो घरमा जनताको बहुदलीय जनवादका रचनाकार स्व. मदन भण्डारीको चुनाव प्रचार कार्यालय थियो् । केपी ओली एमालेमा प्रवृत्ति हो । उनको पुच्छर बम्रेली सम्प्रदायका शंकर पोखरेल, प्रदिप ज्ञवालीको हैसियत ०७९ को चुनावमा गुल्मी र दाङबाट जनताले देखाए । भ्रष्टाचारीका नायक ईश्वर पोखरेल जस्ताले कारबाहीप्बाट बच्न दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पाए पनि अध्यक्षको हेपाहा शैल्लिे कोशी प्रान्तीय कमिटीको पहिचान दर्शाउन खोजेका छन् । विवाद बागमती र कोशीमा चर्को छ । जो विद्याका पछि लाग्छ त्यसको सदस्यता स्थगन हुन्छ भन्ने सन्देश युवासंघ लुम्बिनी प्रदेशका अध्यक्षमाथिको कारबाहीले प्रमाणित गर्दा परस्त्रीप्रेमी महेश बस्नेत, ऐनबहादुर महर, शेरधन राईहरू ओलीभक्त हुनु एमालेभित्र ओली राजमा महिला कार्यकर्ता कति असुरक्षित छन् भन्ने सन्देश हो । हिजो ओली जस्ता पाखण्डीले मदन भण्डारी फाउन्डेशनबाट एमालेमा गुटको राजनीति चलाएकै थिए । ओली नै हुन् माधव नेपाललाई अटेर गरी त्यही फाउन्डेशनको व्यानरमा गोकुल बास्कोटा, प्रमोद दाहाल जस्ता सञ्चारकर्मी परिचालन गरी नेतृत्वमाथि प्रहार गर्ने । ओलीले सिकाएको शिक्षा हिजो उनकै विद्यार्थी विद्या भण्डारीले ग्रहण गर्दा कस्तो पाखण्डी हुन्छ ? जो फाउन्डेशनको संरक्षक थिइन् तिनैलाई उचालेर हिजो आफ्नो स्वार्थको राजनीति गर्ने प्रधानमन्त्री ओलीलाई आफू विरुद्ध पार्टीमा दुई तिहार्य संख्या छ भन्ने ज्ञान छैन । किनकि उनले देश र जनताको पक्षमा मात्र होइन पार्टीकै हितमा सिन्को भाँचेका छैनन् । वैदेशिक ऋण लिएर खानेका विकासे आयोजनामा नीतिगत लुट चरम छ । मदन आश्रितका नाममा फाइदा लिने उनै केपी ओली हुन् । प्रदीप ज्ञवाली जस्ता सोझा नेतालाई आफ्नो दलाल बनाएर भण्डारी फाउन्डेशनलाई हायल कायल बनाउने ओली डिजाइन छ । त्यसका लागि गृह प्रशासन लाग्न सक्छ । किनकि गृहमा यो देशमा मानवअधिकार नरहेको सन्देश दिने दैनिक नेपाली युवासँग एयरपोर्टमा लुटेर ५० लाख जम्मा गर्ने काँग्रेसी कुलायनका भक्त डा. आरजु राणाकै लठैत गृहमन्त्री छन् । प्रधानमन्त्री केपी ओलीलाई कतैको आड बिना देशमा निरंकुशता चम्काउने तागतमा थिएनन् । लोकतन्त्रकै विरोधी बयलगाडा प्रेमी केपी ओलीले पार्टीमा चलाएको अधिनायकवादको विरुद्ध बोल्ने आँट अब कर्ण थापासँग ठोक्किएको छ । थापाकी कान्छी पत्नी झापाली हुन् । उनले ओलकिै सहयोगमा हिजो सञ्चारकर्मी नभएपनि राजनीतिक नियुक्ति पड्काएकी थिइन् । थापा कानुन व्यवसायी भए पनि माओवादी विरुद्ध बोलेर र व्यवहार देखाएर गृहकै जासुस बनेको समय पनि थियो ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल