Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकमा फोहोर नफाल्न नगरपिताको अपील

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताउँदै केही दिन फोहोरको व्यवस्थापन घरैमा गर्न आग्रह गरेका छन् ।

बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग शाक्यले भने, तपाईंहरु त्यहाँको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ, प्रमुख शाक्यले भन्नुभयो, बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सक्छौं ।

शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भइरहेको पनि जानकारी दिए । सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ, शाक्यले भने, त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसेकको हौं । उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिवद्धता व्यक्त गरे । साथै केहि दिन जथाभावी सडकमा फोहोर नफाल्न र कुहिने तथा नकुहिने फोहोर छुट्याएर सकेसम्म दुर्गन्ध कम गर्ने प्रयासमा लाग्न शाक्यले अनुरोध गरे ।

अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उनले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताए । सिसडोल ल्याण्डफिल्ड साइटका साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फाहोर व्यवस्थापन गर्दा कठिनाइ भएको बताए।