Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकमा सुइको खोजी

जब आर्थिक वर्ष सुरु हुन्छ सरकारी खर्च हुने ठूला विभाग र आयोजनाहरुमा प्रमुख नियुक्ति गर्न मन्त्रीदेखि सचिवसम्मको कान ठाडो हुनेगर्दछ । यसपटक आर्थिक वर्षको अन्त भएसँगै भौतिक पूर्वाधार मन्त्रालयभित्रै कसलाई कहाँ पठाउने, कुन आयोजनाको प्रमुखसँग कति बोनस लिने भन्ने गाईगुई सुरुभएको छ ।
रघुबिर महासेठजस भष्मासुरहरुबाट मुक्ति पाएको भौतिक पूर्वाधार मन्त्रालयल सडक विभागका सुइहरुको नियुक्ति गर्न नाम संकलन गरेको बताइएको छ । बडुवाको प्रतिस्पर्धामा पौरखी इञ्जिनियरहरुको लाईन डा. ऋजय जोशी, ज्ञानेन्द्र झा, प्रेम खत्री, बुबेल नेपाली प्रभात झा हरु चुनिएका छन् तर जुइपथ पाउने कसले ? त्यहाँत दुईवटा सीट खाली छ । रेल विभागबाट राम्रै काम गरिरहेका इन्जिनियर बलराम मिश्रलाई सरुवा गरी त्यहाँ स्वास्थ मन्त्री भानुभक्त ढकालका गोत्रीय भाई सुशील ढकाललाई पगाएको हल्ला सुलसुलेहरुले प्रचार गरे ।
सचिव देवेद्र कार्कीसँग राम्रै सम्वन्ध भएका मिश्रलाईै यतिबेला हटाउनै पर्ने कारण थिएन । किनकि विभागले जे जगी काम गरेको छ, मिश्र आएपछिनै देखिएको हो । यथार्थ रेल विभागको कार्यक्षेत्र निरीक्षा गर्दा देखिन्छ । तर मन्त्रालयका चाटुकारहरु यो बेला ठेकदारलाई नयाँ काम दिने । आयोजना प्रमुखहरु नयाँ पठाउने धन्दाले छटपटाउनु बेग्लै विषय । चाँदी कटाई अवका दुनियामा सम्भ छैन । हिजो कामै नगरी बिल बनाएर खाने नेता पनि थिए, ठेकदार पनि थिए । अहिले तीन ठेकदारहरु बद्नाम भएका छन्, नेताहरको के कुरा ? दवाव र धम्की नरुचाउने, नियमसंगत काम गर्नै । प्राविधिक सचिव देवेन्द्र कार्कीले आफ्नो कार्यक्षेत्रमा को सफल छ बुझुनु त बुझेकै होलान् पाइल बढुवा र पार्टीको ढाडस पाएकाहरुले धम्की पनि दिन्छनु, घुर्की पनि लगाउँछन् । भ्रष्ट शिरोमणी रघुबीर महशेठबाट चुसिएर लखतरान परेका इञ्जिनियरहरु सडकमा धेरै छन् । अहिलेको पुस्ता कामै नगरी दाम मात्र खाने अवस्थामा जानै सक्दैनन त्यसकारण पनि आर्थिक वर्षको अन्तमा पैसा बुझाएर आयोजना प्रमुख हुने विगतको संस्कार टिक्न कठीन छ । प्राविधिकहरु गलत संस्कृतिबाट सहजै मुक्ति लिन्छनु यो सत्य वर्तमान राजनीतिले बुझ्नुपर्दछ ।