Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् ।
बिहीबार एक वक्तव्य जारी गर्दै कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन्।
कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न, उनले भनेका छन्, हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।
उनले यसबीचका कैयन घटनाहरूको साक्षी भएको भन्दै देखिएका र नदेखिएका अनेकन अन्तरविरोधबाट गुज्रिनुपरेको पनि बताएका छन् ।
कोइरालाले पार्टी विभाजनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको आरोप पनि लगाएका छन् ।
‘यस बीचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका बारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु, उनले अगाडि लेखेका छन्, देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।
पार्टी एक भएर चुनावमा जानुपर्छ भन्नेमा सबैको इमान्दार प्रयास भए पनि सफल नभएको कोइरालाको भनाइ छ ।
उनले अहिलेको अवस्थामा बीपी कोइरालालाई स्मरण पनि गरेका छन् । उनले भनेका छन्, बीपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो ।
उनले पनि अहिलेको समयमा कांग्रेस एकढिक्का हुन नसक्नुमा नियतिलाई दोष दिएका छन् । कांग्रेससँग आठ दशक लामो इतिहास जोगाउने र निर्वाचनमा जाने चुनौती रहेको उनको भनाइ छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल