Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसभित्रको आन्तरिक किचलो विस्तारै मैदानमा देखिन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाबीच भेटवार्ता भएको छ। बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले प्रचण्डसँग दुई घण्टा छलफल गरेका हुन्। प्रचण्ड र कोइरालाबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समसामयिक राजनीति घटनाक्रमबारे उहाँहरूबीच छलफल भएको हो, प्रचण्डको सचिवालयका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, छलफलका क्रममा कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउनु भयो। एक वर्षअघिसम्म कोइराला संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने पक्षमा थिए। तर, अहिले उनी ओली नेतृत्वको नेतृत्वको सरकारको कार्यशैलीबाट निराश बनेको आफूहरूले पाएको आचार्यले बताए। वर्तमान सकारको एक वर्षे कार्यकालको मूल्यांकनपछि उहाँमा पहिलाको दृष्टिकोण परिवर्तन भएछ, कोइरालाले प्रचण्डसँगको वार्तामा भनेका विषय उद्धृत गर्दै आचार्यले भने, दुई ठूला दल मिल्दा दुई तिहाइँ पुग्छ, यसबाट संविधान पनि संशोधन गर्न सकिन्छ, सुशासन पनि हुन्छ, विकास पनि हुन्छ भन्ने आशा रहेछ। तर एक वर्षको कार्यशैलीले त्यो देखाएन भन्नुभयो। आचार्यका अनुसार भेटमा कोइरालाले अध्यक्ष प्रचण्डले त्यतिबेलै दुई ठूला दललाई बिचौलियाले मिलाएका हुन् भनेर दिएको अभिव्यक्तिको पनि स्मरण गरे। त्यतिबेले तपाईंले कांग्रेस एमालेलाई बिचौलियाले मिलाइ दिएका हुन्। यसबाट सुशासन झन् ध्वस्त हुन्छ, संविधानमाथि प्रहार हुन्छ, लोकतन्त्रमाथि खतरा हुन्छ। निराशा बढ्छ, गणतन्त्र विरोधीले फाइदा उठाउँछन् भन्नुएको थियो। त्यतिबेला त तपाइँको अभिव्यक्तिलाई वास्ता गरिएको थिएन। तर तपाईंले सरकार छाड्दै गर्दा जे भन्नु भएको थियो, अहिले त्यही त्यही हुँदैछ, कोइलाले भने।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल