Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दै

स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगिसक्नुभएको छ ।

आजको बैठकमा समसामयिक राजनीति र चुनावी तालमेलका मोडालिटीबारे छलफल हुने बताइएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जाने सहमति यस अघि नै भइसकेको छ । तर चुनावी तालमेलको ढाँचा भने टुङ्गिएको छैन।

गठबन्धनले निर्वाचन तयारी र अनुगमनका लागि रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति पनि गठन गरेको छ । उक्त समितिले पनि चुनावी तालमेलको ढाँचाबारे छलफल गरिरहेको छ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल