Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धन मिलाउन माओवादीकाे दाैडधूप

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित भएपछि नेकपा माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने घोषणा गरेको लामै समय बितिसकेको छ । सरकार गठनको अंकगणित नमिलिरहेको बेला नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार विहान ११ बजेका लागि तय भएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाको समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिनेबारे टुंगो लगाउने भएको छ । माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने टुंगो लागेपछि मात्र सरकारलाई दिइआएको समर्थत फिर्ता लिने रणनीति बनाएको छ । अविश्वासको प्रस्तावबारे माओवादीले अन्य दलसँग छलफल गर्दै आएको छ । अविश्वासको प्रस्तावका लागि माओवादी अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका अलावा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पटक पटक छलफल गरिसकेका छन् ।
सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीसँग विभिन्न चरणमा छलफलहरु भएपनि कुरा मिल्न सकेको छैन । जसपाभित्र महन्थ ठाकुर पक्षधर प्रधानमन्त्री ओलीसँग मिलेर जाने पक्षमा छ । तर, उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीविरुद्धको समिकरण बनाउनुपर्ने पक्षमा छन् । कर्णाली प्रदेशमा एमालेबाट फ्लोर क्रस भएपछि प्रचण्ड उत्साही भएका छन् । विश्वस्त स्रोतका अनुसार काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षधरबीच समिकरण बनाएर भएपनि अगाडि बढ्ने तयारीहरु भइरहेको छ । त्यसमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर पनि जोडिने सम्भावना छ । सत्ता संघर्ष क्लाइमेक्समा पुगेको प्रचण्डले बताइसकेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । सम्भवत भोलि नै माओवादीले सरकारलाई दिइआएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्तावका लागि अगाडि बढ्न सक्छ ।


सम्बन्धित समाचार