Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्र वर्षपछि समातिए हत्यारा

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका-७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस-७ सिम्ले हाल ककनी गाउँपालिका-५ बस्ने ७० वर्षीया पदम कुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो । अनुसन्धानको शिलशिलामा घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका-७ भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो ।

पुस २० गते राति छिमेकीको छोराको छेवरमा गएकी ती महिलालाई छेवर सकिएपछी नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा निज सुनारले ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको सो ब्यूरोले जनाएको छ ।
पक्राउ सुनारलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।