Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्र सहायकरथी यता उता

काठमाडौं । लकडाउन र कोरोना आतंकबीच मुलुक ठप्प रहेको बेला नेपाली सेनाले १७ सहायकरथीको सरूवा गरेको छ । सैनिक मुख्यालय स्रोतका अनुसार सरुवा भएका सहायकरथी अनुपजंग थापालाई विशेष फौज वाहिनीको जिम्मा दिइएको छ । यस्तै विष्णु रावत २६ बाहिनीको बाहिनीपति, नारायण सिलवाल स्टाफ कलेज र जोनसन खड्कालाई २८ बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । सहायकरथी चोक बहादुर ढकाललाई सैनिक सामग्री निर्देशनालयमा पठाइएको छ भने दिनेश केसी १३ बाहिनी,टिकाराम गुरुङ राष्ट्रिय सेवा दल र प्रेम शाही नीति योजना निर्देशनालयमा सरुवा भएका छन् । विशेष फौज वाहिनीको वाहिनीपतिमा सरुवा भएका थापालाई सैनिक सहायकको समेत जिम्मेवारी दिने तयारी भएको बुझिएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल