Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सदन बस्नुअघि प्रचण्डले राखे विपक्षी दलको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि विपक्षी दलको बैठक बसेको छ । संसद भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसेको हो। बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादी, आम जनता पार्टीको सहभागिता छ । विपक्षीले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन् । विपक्षी गृहमन्त्रीको राजीनामामा लचक भएर सदनमा बोल्न दिन सकारात्मक भए पनि सरकारले छानबिन समितिको प्रतिबद्धतासहित आउनुपर्ने प्रस्ताव छ, तर विपक्षीको यो प्रस्तावमा सरकार सहमत छैन । विपक्षी आन्तरिक छलफलमा जुटेपछि दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।


सम्बन्धित समाचार