Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्तानको मायामा प्रतियोगिता

काठमाडौं । चिकँमू त्वाः, काठमाडौं महानगरपालिका २० स्थित हलेसि महाद्यः रञ्जित चुकःमा ‘सन्तानको माया’ अनलाईन फोटो प्रतियोगिताका बिजयी सहभागीहरूलाई एक समारोह बीच पुरस्कार बितरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । मह जोडीकोे प्रमुख आतिथ्यतामा आयोजित उक्त पुरस्कार बितरण कार्यक्रममा महको ‘म’ मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा प्रतिकुल असर परेको हुनाले महको ‘ह’ हरिबंश आचार्यद्वारा उक्त कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । सो समारोहमा स्थानीय समाजसेवी एवं जेष्ठनागरिक केदारमान रञ्जित र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हरिवंश आचार्यले अभिनन्दन गर्नुभएको थियो ।


सो कार्यक्रममा स्वास्थ्य सेवा बिभाग, नेपाल रेडक्रस सोसाइटीका निर्देशक,डा. मनिता राजकर्णिकार बिशेष अतिथि र महानगरीय प्रहरी बृत्तका प्रमुख प्रहरी उपरीक्षक डिलबहादुर मल्ल अतिथि रहनु भएको उक्त पुरस्कार बितरण कार्यक्रमा प्रथम हुनुहुने प्रतियोगी आमा रूपा पोखरेल, छोरी कृष्टि पौडेललाई फूलको माला पहराई ट्रफी, मेडल र नगद सहित प्रदान गरि बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो । त्यसैगरि द्वितीय र तृतीय हुनेहरू क्रमशः नीरू महर्जन, छोरी अञ्जु डंगोल र सपना शिलाकार छोरा सौगात शिलाकार हुनुहुन्छ ।
कार्यक्रम सफल पार्न भूमिका खेल्नुहुने सहयोगी दाताहरू क्रमशः दशबहादुर महर्जन, बिजयकुमार महर्जन, थसि ललितपुर, अजय सिंह सुवाल, रविभवन, जयहरि श्रेष्ठ, काठमाडौं, जीबस महतो, महोम्मद रेहसुल, शिव गौतम र बिनय मानन्धरलाई मायाको चिनो प्रदान गरिएको थियो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू तीनजनालाई नगद र प्रमाण–पत्र बितरण गरिएको थियोे । ‘सन्तानको माया’ अनलाईन फोटो प्रतियोगिताको श्रृजनाकार कृतिशा रञ्जितलाई पनि धन्यवाद तथा शुभकमना–पत्र प्रदान गरिएको सो पुरस्कार बितरण कार्यक्रमको सञ्चालन राजेश मानन्धरले गर्नुभएको थियो भने कार्यक्रमका सभापति राम रञ्जितले अभिनन्दितहरूका साथै प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिलाई मायाको चिनो स्वरूप चिभाःद्यः (बौध्द–चैत्य) प्रदान गर्नुभएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल