Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने भएको छ । फागुनमा नेपालले आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल लिगको अंक तालिकामा १८ अंकका साथ छैटौँ स्थानमा छ । क्यानले स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलका लागि केही दिनभित्र क्लोज क्याम्प सुरु गर्दै छ । सो क्लोज क्याम्पमा सन्दीपलाई समावेश गर्ने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिएका छन् । एक वा दुई दिनभित्र हामी क्लोज क्याम्प सुरु गर्दै छौँ, क्याम्पमा सन्दीप पनि समावेश हुनेछन्, मल्लले भने, त्यहाँ गरेको प्रदर्शनअनुसार नेपाली टोलीको घोषणा हुनेछ । पाटनको उच्च अदालतले गत साता बलात्कार आरोप खेपिरहेका सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न फैसला दिएको थियो । धरौटीमा रिहा भएपछि सन्दीप राष्ट्रिय टोलीमा समावेश हुने वा नहुने प्रश्न उब्जिएको छ । उच्च अदालतको फैसला आएको दिन क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई राष्ट्रिय टोलीमा हुनुपर्ने खेलाडीका रूपमा जनाएका थिए । सन्दीप फिट छन् वा छैनन्, त्यसमा निर्भर पर्छ, चन्दले भनेका थिए, हामी सन्दीपलाई टोलीमा राख्छौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन्दीपलाई राष्ट्रिय टोली वा क्लोज क्याम्पमा समावेश गर्न केही बाधा नगर्ने क्यानका कार्यवाहक सचिव मल्लले बताएका छन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल