Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा सञ्चालन हुनेछ।
प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगिताबाट शीर्ष चारमा पर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।
हालसम्म प्लेअफ खेल्ने आठमध्ये ६ टोलीको टुङ्गो लागिसकेको छ:
लिग-२ बाट: आयोजक नेपालसहित क्यानडा र यूएई लिग-२ को अन्तिम चारमा रहने पक्का भइसकेको छ।
च्यालेन्ज लिग ‘बी’ बाट: इटाली र युगान्डा प्लेअफमा पुगिसकेका छन्।
च्यालेन्ज लिग ‘ए’ बाट: जर्सी आउने पक्का भइसकेको छ भने कुवेतको स्थान लगभग निश्चित भए पनि आधिकारिक पुष्टि हुन बाँकी छ।
बाँकी दुई टोलीमध्ये लिग-२ बाट ओमान र नामिबियामध्ये एक टोली आउनेछन्, जसको अन्तिम टुङ्गो लाग्न बाँकी छ।
विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बिच डिसेम्बर ९, ११ र १३ का लागि तय भएको क्रिकेट शृङ्खलाको तालिका परिवर्तन हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको आपसी समन्वय र सहमतिमा शृङ्खलाको नयाँ तालिका छिट्टै तय गरी सार्वजनिक गरिनेछ।
२०८३ कार्तिक ६
ताजा नेपाल
२०८३ कार्तिक ५
ताजा नेपाल
२०८३ कार्तिक ५
ताजा नेपाल