Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन नेपालको आईपीओ साउन ३२ बाट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
इन्स्योरेन्सले सोमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको र ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता अंकित मूल्य रु. १०० मा रु. १३९ थप गरी प्रतिकित्ता २३९ रुपियाँमा सर्बसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ७ लाख ६८ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् ।


सम्बन्धित समाचार