Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन नेपाल लाइफको आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँट गरिने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङका अनुसार बिहान ८ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
उक्त कम्पनीको आईपीओका लागि १५ लाख ७७ हजार ७ सय ४४ जनाले ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७ सय रुपियाँ १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपियाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपियाँ थप गरी कुल २३९ रुपियाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको र ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता अंकित मूल्य रु. १०० मा रु. १३९ थप गरी प्रतिकित्ता २३९ रुपियाँमा सर्बसाधारणका लागि बिक्री गर्न लागिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ७ लाख ६८ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् ।


सम्बन्धित समाचार