Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कांग्रेस सभापति गगन थापा तीन दिनको पोखरा बसाइपछि काठमाडौं फर्किएका छन् । उनी तीन दिनअगाडि परिवारसहित पोखरा गएका थिए । थापाले कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाबारे निर्णय लिन अस्ति कांग्रेसको कार्यसमिति वैठक बसेको थियो । उक्त बैठकमा थापा अनुपस्थित थिए । बैठक छलेर उनी श्रीमती र दुई छोरीसहित पोखरा पुगेका हुन् । आज पनि कांग्रेसको बैठक जारी रहेको छ । बैठकमा थापा पुगेका छैनन् । सभापति बस्ने कुर्सी खाली राखिएको छ । थापा परिवार चढेको जहाज केहीबेर अघि त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल